web analytics

सिमरी–चकमली सडकमा ४६ वटा सडक बत्ती जडान, औपचारिक उद्घाटन

पुनर्वास, असोज २१ ।
कञ्चनपुरको पुनर्वास नगरपालिका क्षेत्रमा पर्ने सिमरी–चकमली सडकखण्डमा सडक बत्ती जडान गरी औपचारिक रूपमा मंगलबार उद्घाटन गरिएको छ।

पुनर्वास नगरपालिका र सुदूरपश्चिम प्रदेश सरकारको संयुक्त लगानीमा दोदा नदीदेखि सिमरी पुल नजिकसम्म सडक बत्ती जडान गरिएको हो। लामो समयको प्रतीक्षापछि सडक बत्ती सञ्चालनमा आएपछि स्थानीयवासीलाई रातिको समयमा आवतजावत गर्न सहज हुने अपेक्षा गरिएको छ।

सडक बत्तीको प्यानलको स्विच अन गरी पुनर्वास नगरपालिकाका नगर प्रमुख तोयप्रसाद शर्मा, नगर उपप्रमुख भुलिया कुमारी राना र सुदूरपश्चिम प्रदेशका निवर्तमान कृषि मन्त्री वीरबहादुर थापाले संयुक्त रूपमा उद्घाटन गरेका हुन्।

पुनर्वास नगरपालिकाका योजना शाखा प्रमुख शंकर बोगटीका अनुसार आयोजनाअन्तर्गत सडकमा ४६ वटा पोल जडान गरिएको छ। दुई पोलबीचको दूरी करिब ३० मिटर रहेको छ भने प्रत्येक पोलमा १२० वाट क्षमताको बत्ती जडान गरिएको छ।

त्यस्तै, सडक बत्ती सञ्चालनका लागि १० केभीए क्षमताको मिटर तथा दुईवटा प्यानल बक्ससमेत जडान गरिएको बोगटीले जानकारी दिए।

उनका अनुसार पुनर्वास नगरपालिका र सुदूरपश्चिम प्रदेश सरकारको संयुक्त बजेटबाट सडक बत्ती जडानको आयोजना सम्पन्न गरिएको हो। सडक बत्ती सञ्चालनमा आएपछि सिमरी–चकमली सडकखण्डको रातिको आवागमन सुरक्षित र सहज हुने विश्वास गरिएको छ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.