web analytics

एकैदिन १२ हजार २०० रुपैयाँले घट्यो सुनको मूल्य, प्रतितोला २ लाख ४५ हजार ४०० कायम

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ। शुक्रबार एकैदिन प्रतितोला १२ हजार २०० रुपैयाँले घटेसँगै सुनको मूल्य २ लाख ४५ हजार ४०० रुपैयाँमा झरेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला २ लाख ५७ हजार ६०० रुपैयाँमा कारोबार भएको सुन शुक्रबार घटेर २ लाख ४५ हजार ४०० रुपैयाँ कायम भएको हो।

यसैगरी, चाँदीको मूल्यमा पनि गिरावट आएको छ। बिहीबार प्रतितोला ३ हजार ३३५ रुपैयाँ रहेको चाँदी शुक्रबार २२५ रुपैयाँले घटेर ३ हजार ११० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।

महासंघका अनुसार शुक्रबार १० ग्राम सुनको मूल्य २ लाख १० हजार ३९० रुपैयाँ कायम भएको छ भने १० ग्राम चाँदीको मूल्य २ हजार ६६६ रुपैयाँ तोकिएको छ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.