web analytics

बेलौरीमा तीनदिने अग्नि नियन्त्रण तथा उद्धार तालिम सम्पन्न

बेलौरी । कञ्चनपुरको बेलौरी नगरपालिकाको आयोजनामा सञ्चालित अग्नि नियन्त्रण तथा उद्धारसम्बन्धी तीनदिने तालिम आइतबार सम्पन्न भएको छ। तालिममा जिल्लाका सातवटा स्थानीय तहका २१ जना सहभागी भएका थिए।

बेलौरी, पुनर्वास, कृष्णपुर, शुक्लाफाँटा, बेदकोट र दोधारा चाँदनी नगरपालिका तथा लालझाडी गाउँपालिकाका सहभागीलाई काठमाडौं महानगरपालिकाका वरिष्ठ अग्नि नियन्त्रक तथा उद्धार प्रशिक्षक किशोरकुमार भट्टराईले प्रशिक्षण दिनुभएको थियो।

तालिममा आगलागी नियन्त्रण, विपद् व्यवस्थापन, उद्धारका विधि तथा आपत्कालीन अवस्थामा अपनाउनुपर्ने सावधानीबारे सैद्धान्तिक र व्यावहारिक प्रशिक्षण दिनुका साथै प्रत्यक्ष अभ्यास तथा डेमो प्रदर्शन गरिएको बेलौरी नगरपालिका विपद् व्यवस्थापन समितिका फोकल पर्सन अशोक पाण्डेले जानकारी दिनुभयो।

समापन कार्यक्रममा प्रशिक्षक भट्टराईले तालिममा सिकेका सीपलाई व्यवहारमा उतार्न सके विपद्का समयमा प्रभावकारी उद्धार गरी मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्न सकिने बताउनुभयो। नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत एवं कार्यक्रमका सभापति ओमप्रकाश उपाध्यायले तालिमले स्थानीय तहको विपद् व्यवस्थापन क्षमता अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा विपद् व्यवस्थापन समितिका संयोजक कृष्णभान बराई, पुनर्वास र लालझाडीका विपद् सम्पर्क व्यक्ति, नेपाल रेडक्रस सोसाइटी बेलौरी शाखाका सभापति विष्णुप्रसाद तिवारी तथा इलाका प्रहरी कार्यालय बेलौरीका प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो।

तालिमले स्थानीय तहमा दक्ष उद्धार जनशक्ति तयार गरी आगलागी तथा अन्य विपद्का घटनामा तत्काल परिचालित हुन सहयोग पुग्ने अपेक्षा गरिएको छ। कार्यक्रमको सहजीकरण अशोक पाण्डेले गर्नुभएको थियो।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.