web analytics

पुनर्वासको नगरप्रमुखमा कांग्रेसबाट सुकबहादुर तामाङको दाबी

पुनर्वास । कञ्चनपुरको पुनर्वास नगरपालिकाको आगामी स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट नगरप्रमुख (मेयर) पदमा सुकबहादुर तामाङले आफ्नो दाबेदारी प्रस्तुत गरेका छन्।

नेपाली कांग्रेसका पुराना तथा सक्रिय कार्यकर्ता तामाङले हाम्रै साझा पत्रिकासँगको साक्षात्कारमा आगामी  स्थानीय तह निर्वाचनमा पार्टीका तर्फबाट नगरप्रमुख पदका लागि आफू आकांक्षी रहेको बताएका हुन्।

पुनर्वास नगरपालिका–१ बलभद्र बस्तीका स्थायी बासिन्दा तामाङ नेपाली कांग्रेसको क्षेत्रीय तहको केन्द्रीय महाधिवेशन प्रतिनिधि पदमा हालै निर्विरोध निर्वाचित भएका थिए । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले जारी गरेको निर्वाचित प्रमाणपत्रअनुसार उनी २०८३ असोज २३ गते सम्पन्न पन्ध्रौँ महाधिवेशनको निर्वाचनबाट महाधिवेशन प्रतिनिधिमा निर्विरोध निर्वाचित भएका हुन्।

कञ्चनपुर निर्वाचन क्षेत्र नं. १ अन्तर्गत प्रदेश सभा क्षेत्र नं. १ (क) बाट प्रतिनिधित्व गर्ने तामाङको क्रियाशील सदस्यता नम्बर ८८०४४७ रहेको छ।

राजनीतिक तथा सामाजिक क्षेत्रमा लामो समयदेखि सक्रिय तामाङले विगतमा साविक कालिका गाउँ विकास समितिको अध्यक्षको जिम्मेवारीसमेत सफलतापूर्वक निर्वाह गरिसकेका छन्। स्थानीय तहको नेतृत्वमा रहेर काम गरेको अनुभव र सामाजिक क्षेत्रमा उनको सक्रियतालाई आगामी नगरप्रमुख पदको दाबेदारीसँग जोडेर हेरिएको छ।

नगरप्रमुख पदमा आकांक्षा व्यक्त गरेका तामाङले नेपाली कांग्रेसभित्र आफ्नो राजनीतिक अनुभव, संगठनप्रतिको निरन्तरता र स्थानीय जनतासँगको सम्बन्धलाई चुनावी आधारका रूपमा अघि सार्ने देखिन्छ।

आगामी निर्वाचनमा नेपाली कांग्रेसले कसलाई नगरप्रमुखको उम्मेदवार बनाउँछ भन्ने विषय भने पार्टीको आन्तरिक निर्णय र संगठनात्मक प्रक्रियाबाट टुंगो लाग्नेछ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.