मोटरसाइकल दुर्घटनामा २४ वर्षीय युवकको मृत्यु
कञ्चनपुर, १९ असोज ।
कञ्चनपुरको वेदकोट नगरपालिका–७ लालपुरमा मोटरसाइकल दुर्घटना हुँदा २४ वर्षीय युवकको मृत्यु भएको छ।
सोमबार से ६ प २२० नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई सडकमा पल्टिँदा वेदकोट नगरपालिका–५ का २४ वर्षीय विक्रम बम गम्भीर घाइते भएका थिए।
दुर्घटनापछि उपचारका लागि महाकाली प्रादेशिक अस्पताल लगिएका बमको उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी टेकबहादुर रावतले जानकारी दिए।
डीएसपी रावतका अनुसार चिकित्सकले दिउँसो १२ः५५ बजे बमलाई मृत घोषणा गरेका थिए। दुर्घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।



Comments are closed.