लगातार चौथो दिन घट्यो सुनको मूल्य, चाँदीमा वृद्धि
काठमाडौ। तिहारपछि लगातार ओरालो लागेको सुनको मूल्य बुधबार पनि घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ६ हजार ३०० रुपैयाँले घटेर २ लाख ६० हजार ९०० रुपैयाँ कायम भएको छ। मंगलबार सुन प्रतितोला २ लाख ६७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।
तिहारअघि प्रतितोला २ लाख ८४ हजार ३०० रुपैयाँ रहेको सुनको मूल्य हालसम्म २३ हजार ४०० रुपैयाँले घटिसकेको छ।
यता, लगातार घटिरहेको चाँदीको मूल्य भने बुधबार बढेको छ। आज चाँदी प्रतितोला ३ हजार ३८० रुपैयाँ कायम भएको छ। मंगलबार चाँदी २ हजार ९९२ रुपैयाँमा कारोबार भएको थियो।


Comments are closed.