अरनिको युवा क्लबलाई घाँस काट्ने मेसिन सहयोग
पुनर्वास। कञ्चनपुरको पुनर्वास नगरपालिका–२ अरनिको बस्तीको अरनिको युवा क्लबलाई घाँस काट्ने मेसिन सहयोग प्राप्त भएको छ।
ममता हार्डवेयरका सञ्चालक तथा क्लबका शुभेच्छुक भूतपूर्व भारतीय गोर्खा सैनिक सुवेदार मेजर मानबहादुर तामाङले क्लबका लागि घाँस काट्ने मेसिन खरिद गरी उपलब्ध गराएका हुन्।
क्लबका गतिविधिमा सहयोग पुर्याउने उद्देश्यले गरिएको यस सहयोगप्रति अरनिको युवा क्लब परिवारले तामाङलाई धन्यवाद व्यक्त गरेको छ। क्लबले उनको सहयोगले आगामी दिनमा क्लबका गतिविधि सञ्चालन गर्न सहज हुने विश्वास व्यक्त गरेको छ।



Comments are closed.