web analytics

सुनचाँदीको भाउमा ठूलो गिरावट

काठमाडौं, २० फागुन ।
बुधबार सुनको मूल्यमा उल्लेख्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार सुनको भाउ प्रतितोला ११ हजार रुपैयाँले घटेर ३ लाख १७ हजार ६ सय रुपैयाँ कायम गरिएको छ। अघिल्लो दिन भने यही सुन ३ लाख २८ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो। अन्तर्राष्ट्रिय बजारमा आएको गिरावटको असर नेपाली बजारमा समेत परेको हो।
यसअघि माघ १५ गते सुनको मूल्य हालसम्मकै उच्च ३ लाख ३९ हजार रुपैयाँ पुगेको थियो। चाँदीको मूल्यमा पनि कमी आएको छ। बुधबार चाँदी प्रतितोला ५ हजार ५४० रुपैयाँमा कारोबार भएको छ, जुन अघिल्लो दिनको ५ हजार ८१५ रुपैयाँभन्दा २७५ रुपैयाँले कम हो।
बजार विश्लेषकहरूका अनुसार अन्तर्राष्ट्रिय मूल्य घट्ने क्रम र स्थानीय माग–आपूर्तिको असन्तुलनले मूल्यमा उतार–चढाव देखिएको हो। व्यवसायीहरूले खरिद–बिक्री गर्दा सजग रहन आग्रह गरेका छन्। मूल्यको यस परिवर्तनले लगानीकर्ता र उपभोक्ता दुवैमा चासो तथा सतर्कता बढाएको छ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.