web analytics

दुर्गेश थापाले आफ्नो च्यानलबाट हटाए ‘मास्टर्नी’ गीत

काठमाडौं, साउन २ ।

विवादित भएपछि कलाकार दुर्गेश थापाले आफ्नो च्यानलबाट  ‘मास्टर्नी’ बोलको गीत हटाएका छन ।चलचित्र ‘मास्टर्नी’ को प्रचारका लागि सार्वजनिक गरिएको उक्त गीत सामाजिक सञ्जालमा विवाद आएको थियो ।

यसअघि  शिक्षकहरुको साझा संगठन नेपाल शिक्षक महासंघले विज्ञप्ति जारी गर्दै गीतमा महिला शिक्षकप्रति प्रयोग गरिएका शब्द र भावले शिक्षक तथा शिक्षण पेशाको गरिमामाथि गम्भीर आघात पुगेको भन्दै तत्काल गीतको प्रसारण बन्द गर्न तथा चलचित्रमा समेत प्रयोग नगर्न माग गरेको थियो। महासंघले गीत निरन्तर सार्वजनिक गरिए त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवारी सम्बन्धित पक्षले लिनुपर्ने चेतावनीसमेत दिएको थियो।

विवाद व्यापक बनेपछि दुर्गेश थापाले एक विज्ञप्ति जारी गर्दै औपचारिक रूपमा क्षमायाचना समेत गरेका छन्। उनले सोही विज्ञप्ति मार्फत उक्त गीत आफ्नो आधिकारिक युट्युब च्यानलसहित अन्य सामाजिक सञ्जालबाट हटाइएको जानकारी दिएका छन्।
विज्ञप्तिमा गीतको उद्देश्य कुनै व्यक्ति, पेशा वा समुदायको सम्मानमा चोट पुर्‍याउने नभई चलचित्रको प्रचार–प्रसारका लागि मनोरञ्जनात्मक शैलीमा तयार गरिएको बताएका छन्। गीतका केही शब्द र प्रस्तुतिका कारण शिक्षक–शिक्षिका, गुरुजन तथा दर्शकको भावनामा चोट पुगेको महसुस गर्दै उनले सम्पूर्ण शिक्षक समुदायसँग क्षमा मागेका छन्।

यद्यपि, गीत आधिकारिक च्यानलबाट हटाइए पनि यसअघि नै भाइरल भइसकेकाले विभिन्न युट्युब च्यानल, टिकटक, फेसबुक तथा अन्य सामाजिक सञ्जालमा यसको भिडियो अझै व्यापक रूपमा शेयर भइरहेका छन्।
घटनाक्रम हेर्दा कन्ट्रोभर्सी सिर्जना गरेर चलचित्रप्रति जनचासो बढाउने र फिल्मलाई व्यावसायिक रूपमा सफल बनाउने निर्माण पक्षको प्रचार रणनीति सफल भएको देख्न सकिन्छ ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.