web analytics

पुनर्वासमा सहकारी व्यवस्थापक मृत फेला, घटनाबारे अनुसन्धान जारी

 

कञ्चनपुर/ पुनर्वास नगरपालिका ८ मा रहेको एक सहकारी संस्थाकी व्यवस्थापक मृत अवस्थामा फेला परेकी छन्।जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार पुनर्वास–८, पृथ्वीबस्तीस्थित पृथ्वीबस्ती बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडकी ३२ वर्षीया व्यवस्थापक माधवी आचार्य सहकारीको गोदामभित्र रहेको पङ्खामा झुन्डिएको अवस्थामा फेला परेकी हुन्।घटनापछि प्रहरी टोली घटनास्थल पुगेर आवश्यक अनुसन्धान सुरु गरेको छ। प्रारम्भिक रूपमा यो घटना आत्महत्यासँग सम्बन्धित देखिए पनि मृत्युको वास्तविक कारण र त्यसअघि भएका परिस्थितिबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।सहकारीकै गोदामभित्र व्यवस्थापक मृत अवस्थामा फेला परेपछि घटनालाई गम्भीर रूपमा लिएर विभिन्न पक्षबाट अनुसन्धान अघि बढाइएको प्रहरीको भनाइ छ। प्रहरीले घटनासँग सम्बन्धित सबै कोणबाट अनुसन्धान गरिरहेको जनाएको छ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
5
Below Article Content Ads

Comments are closed.