ह्वात्तै घट्यो सुनको मूल्य, तोलामा १३ हजार ४०० रुपैयाँको गिरावट
काठमाडौं। नेपाली बजारमा सुनको मूल्यमा निरन्तर गिरावट देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार (माघ १९) सुनको मूल्य तोलामा १३ हजार ४०० रुपैयाँले घटेको हो।
आज सुनको मूल्य प्रतितोला २ लाख ८६ हजार ६०० रुपैयाँ कायम भएको छ। यसअघि आइतबार (माघ १८) सुनको मूल्य प्रतितोला ३ लाख रुपैयाँ थियो।
त्यसैगरी, चाँदीको मूल्यमा पनि गिरावट आएको छ। आज चाँदीको मूल्य तोलामा ३०० रुपैयाँले घटेर ५ हजार २०० रुपैयाँमा किनबेच भइरहेको छ। हिजो चाँदीको मूल्य तोलामा ५ हजार ५०० रुपैयाँ थियो।
अन्तर्राष्ट्रिय बजारको प्रभाव र लगानीकर्ताको सतर्कताका कारण सुन–चाँदीको मूल्यमा उतारचढाव देखिएको व्यवसायीहरूको भनाइ छ।


Comments are closed.