web analytics

एकैदिन तोलामा बढ्यो १० हजार ४००,सुनको मूल्यमा नयाँ कीर्तिमान 

एकैदिन तोलामा बढ्यो १० हजार ४००,सुनको मूल्यमा नयाँ कीर्तिमान
काठमाडौँ । लगातार उकालो लागिरहेको सुनको मूल्यले बुधबार (माघ ७) नयाँ कीर्तिमान कायम गरेको छ । यस दिन सुनको मूल्य प्रतितोला १० हजार ४०० रुपैयाँले बढेको हो।
मूल्य वृद्धिसँगै छापावाल सुनको प्रतितोला मूल्य दुई लाख ९५ हजार १०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन मंगलबार सुनको मूल्य प्रतितोला दुई लाख ८४ हजार ७०० रुपैयाँ रहेको थियो।
यस्तै, चाँदीको मूल्य पनि बढेको छ । बुधबार चाँदी प्रतितोला ४० रुपैयाँले बढेर पाँच हजार ९२० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार चाँदीको मूल्य प्रतितोला पाँच हजार ८८० रुपैयाँ थियो।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.