web analytics

बेलडाँडीमा अचेत अवस्थामा भेटीएका युवकको मृत्यु

कञ्चनपुर, १२ असोज ।
बेलडाँडीमा अचेत अवस्थामा भेटिएका युवकको मृत्यु भएको छ । आइतबार राती बेलडाँडी गाउँपालिका २ क्याममा अचेत अवस्थामा भेटिएका २७ वर्षीय महेश धामीको महाकाली प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
कृष्णपुर नगरपालिका २ बङ्क घर भएका धामी क्याम नजिक सडक किनारमा अचेत अवस्थामा भेटिएका थिए । सुरुवातमा पहिचान नखुलेको युवकलाई स्थानीयले देखेपछि प्राथमिक स्वास्थ्य केन्द्र बेलडाडीमा पुर्याएका थिए ।
गम्भीर अवस्थामा रहेका उनलाई सोमबार बिहान थप उपचारको लागि महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगर लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । हाल उनको शव पोष्टमार्टमका लागि त्यही राखिएको छ ।
सुरुवातमा युवकको हालसम्म समेत पहिचान खुल्न सकेको थिएन । बेलडाडी प्रहरीका अनुसार धामी रोजगारीको क्रममा भारतमा थिए । धामी एक साता अघिमात्रै घर आएका थिए ।
धामीका आफन्त बेलडाडी गाउँपालिका ५ झिलमिला बस्दै आएका थिए । यहि बस्दै आएका धामीको परिवार त्यहाँ घरजग्गा बिक्री गरेर भारतमै बस्दै आएका थिए भने अस्थायी रुपमा बङ्कमा घर बनाइ बसिरहेका थिए ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.