web analytics

बेलौरीबाट हराएका महेश केसीको शव भङ्गी नालामा भेटियो

कञ्चनपुर, ११ असोज 
कञ्चनपुरको बेलौरी नगरपालिका–६ का ३९ वर्षीय महेश केसीको शव भङ्गी नालामा फेला परेको छ।

शनिबार रातिदेखि सम्पर्कविहीन भएका केसी घरबाट करिब १ सय मिटर पश्चिमतर्फ रहेको भङ्गी नालामा डुबेको हुनसक्ने आशंकामा आफन्तले प्रहरीलाई खबर गरेका थिए।

सूचना पाएपछि सशस्त्र प्रहरी बल नेपाल, सीमा सुरक्षा गुल्म हेडक्वार्टर बेलौरीबाट सशस्त्र प्रहरी सहायक निरीक्षक सीता कुमारी चौधरीको कमान्डमा ११ जना, इलाका प्रहरी कार्यालय बेलौरीबाट प्रहरी नायब निरीक्षक टेकबहादुर विष्टको कमान्डमा ११ जना तथा स्थानीयको संयुक्त टोलीले खोजी थालेको थियो।

खोजीका क्रममा आइतबार दिउँसो १२ः१५ बजे भङ्गी नालाको कल्भर्टबाट करिब ५० मिटर दक्षिणतर्फ केसीको शव फेला परेको सशस्त्र प्रहरीले जनाएको छ।

शव फेला पारी पोस्टमार्टमका लागि श्रीपुर स्वास्थ्य चौकी, बेलौरी पठाइएको प्रहरीले जनाएको छ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.