web analytics

उपचारका लागि आएकी महिलामाथि दुर्व्यवहार गर्ने पोलिक्लिनिक सञ्चालक पक्राउ

उपचारका लागि आएकी महिलामाथि दुर्व्यवहार गर्ने पोलिक्लिनिक सञ्चालक पक्राउ

बाँके, असोज १९ — बाँकेको कोहलपुरमा उपचारका लागि पुगेकी एक महिलामाथि गोप्य अंगमा अनुचित व्यवहार गरेको आरोपमा प्रहरीले पोलिक्लिनिक सञ्चालकलाई पक्राउ गरेको छ।

कोहलपुर नगरपालिका–११ रेडक्रस रोडस्थित थापा पोलिक्लिनिकमा उपचारका लागि पुगेकी महिलामाथि सञ्चालकले दुर्व्यवहार गरेको भनिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले घटनाबारे अनुसन्धान अघि बढाएको हो।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार घटनापछि पीडित महिलाले करणीसम्बन्धी कसुरमा जाहेरी दिएपछि अनुसन्धानका क्रममा कोहलपुर–११ का ६३ वर्षीय गणेशबहादुर थापालाई पक्राउ गरिएको हो।

प्रहरीका अनुसार थापा थापा पोलिक्लिनिकका सञ्चालक हुन्। उनी उपचार गर्न इजाजत प्राप्त व्यक्ति नभएको र सीएमए प्रमाणपत्रका आधारमा उपचारमा संलग्न रहेको विषयमा समेत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

नेपाल मेडिकल काउन्सिलको आचारसंहिता विपरीत उपचारमा संलग्न भएको विषयलाई पनि अनुसन्धानको दायरामा राखिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

पक्राउ परेका थापालाई बाँके जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी करणीसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

घटनासँग सम्बन्धित थप तथ्य तथा सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गर्ने भनिएका अर्का व्यक्तिको भूमिकाबारे समेत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.