कञ्चनपुर पुनर्वासकी अनुराधा तामाङ काठमाडौँमा सम्मानित
काठमाडौ, चैत्र ५ ।
कञ्चनपुर पुनर्वासकि अनुराधा तामाङलाई नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघले उत्कृष्ट सुदुरपश्चिम महिला उद्यमीको रुपमा सम्मान गरेको छ । तामाङलाई महासंघको तेस्रो वार्षिक साधारण सभा तथा दोस्रो राष्ट्रिय महाधिवेशनको अवसरमा काठमाडौँमा २०७९ को उत्कृष्ट महिला उद्यमी सम्मान गरिको हो । उहाँ सुदूरपश्चिम प्रदेशकै उत्कृष्ट महिला उद्यमीको रुपमा संघले व्याख्या गरेको छ । तामाङ लामो समयदेखी सिलाईकटाई पेशामा लागि परेकी क्रियाशिल महिला हुनुहुन्छ ।
उहाँले पुनर्वासमा विगत ३५ वर्षदेखि सिलाईकटाई व्यवसाय सञ्चालन गरिरहनु भएको छ । आजभन्दा पैतिस बर्ष अघि निश्चित जात विशेषले मात्र सिलाईको कार्य गर्नुपर्छ भन्ने समाजको गलत मान्यतालाई तोडदै उहाँले सिलाईकटाई व्यवसाय सुरु गर्नुभयो । गलत समाजिक मान्यतासंग लडेर एउटी नारीले स्वावलम्बी बन्न गरेको संघर्ष निकै उदाहरणीय छ । उहाँको यस संघर्षबाट थुप्रै मानिसहरुले अनुकरण गरेका छन । उहाँ महिला दिदि बहिनीहरुको प्रेरणाको स्रोत बन्न सफल हुनुभएको छ ।
तामाङसँगै ७ ओटै प्रदेशका उत्कृष्ट महिलाहरुलाई पनि सम्मान गरिएको छ ।


Comments are closed.