स्ववियु निर्वाचन : पुनर्वासको जनता बहुमुखी क्याम्पसमा मिश्रित नतिजा
सभापतिमा अखिल क्रान्तिकारीका मनोज साउँद विजयी
कञ्चनपुर, ०५ चैत ।
पुनर्वासमा रहेको जनता क्याम्पसमा आइतबार भएको स्ववियु निर्वाचनमा मिश्रित नतिजा आएको छ । जम्मा २१० जनाले मतदान गरेको निर्वाचन समितिले जनाएको छ । जसमध्ये अखिल क्रान्तिकारीका मनोज साउँद ११५ मत प्राप्त गरी स्ववियु सभापतिमा निर्वाचित हुनुभएको छ । उहाँका प्रतिस्पर्धी अनेरास्ववियुका सकुन्तला मल्लले ९५ मत मात्रै प्राप्त गर्नुभयो ।सचिवमा ११५ मत सहित नेविसंघका सुशील कुँवर निर्वाचित हुनुभएको छ । उहाँका प्रतिस्पर्धी अखिल क्रान्तिकारीका अस्मिता पौडेलले ९१ मत मात्रै प्राप्त गर्नुभयो । कोषाध्यक्षमा १३३ मत सहित नेविसंघका लक्ष्मी सिंह ठकुरी निर्वाचित हुनुभएको छ । उहाँका प्रतिस्पर्धी अखिल क्रान्तिकारीका गंगा थापाले ६७ मत मात्रै प्राप्त गर्नुभयो । सदस्यहरूमा नेविसंघका प्रदीप ठकुल्लाले १३५, नेविसंघकै विपना चन्दले १४१, अनेरास्ववियुका प्रवेश पौडेलले १३६, अनेरास्ववियुका सुरज विकले १३१ र अनेरास्ववियुकै विमला थापाले १४० मत प्राप्त गरी विजय हासिल गर्नुभएको छ ।
अखिल क्रान्तिकारीबाट सदस्यका उम्मेदवारहरू सागर विक सुनारले ६०, रमेश चौधरीले ७५, मञ्जु साउँदले ६६, सुस्मिता गुरुङले ४८ र सुरेश भुलले ६४ मत मात्रै प्राप्त गर्नुभएको प्रमुख निर्वाचन अधिकृत नगेन्द्र जेठाराले जानकारी दिनुभयो । उक्त क्याम्पसमा नेविसंघ र अनेरास्ववियुले तालमेल तथा अखिल क्रान्तिकारी एक्लै गरी २ प्यानलमा चुनावी प्रतिस्पर्धा भएको थियो । सभापति, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणाली तथा उपसभापति, सहसचिव र ५० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुने व्यवस्था छ ।



Comments are closed.