लालझाडीमा राना कला संस्कृति संरक्षण तथा विकास मञ्चकाे आयाेजनामा रक्तदान कार्यक्रम सम्पन्न
कञ्चनपुर, २९ फागुन ।
लालझाडीमा राना कला संस्कृति संरक्षण तथा विकास मञ्चकाे आयाेजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । लालझाडी गाउँपालिकाको स्वास्थ्य शाखाले समन्वय गरेको सो रक्तदान कार्यक्रममा पच्चीस जना रक्तदाताहरुले रक्तदान गरेका थिए । लालझाडी ३ को खेलमैदानमा गरिएको सो कार्यक्रम
राना कला संस्कृति संरक्षण तथा विकास मञ्च कञ्चनपुरका अध्यक्ष अमर रानाको संयोजकत्वमा भएको थियोे ।
राना थारुहरुको पर्व खखडेहराको पूर्व संध्यामा आयोजना गरिएको सो कार्यक्रमले ग्रामीण क्षेत्रमा रहेका राना थारु समुदायको रक्तदान प्रतिको गलत धारणालाई हटाउने विश्वास आफुले लिएको कार्यक्रम संयोजक अमर रानाले बताउनुभयो ।


Comments are closed.