web analytics

कञ्चनपुरका सीमानाका चारदिन बन्द हुने

कञ्चनपुर/कञ्चनपुरका सीमानाका चारदिन बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले एक सूचना जारी गर्दै भारतको चम्पावत जिल्लासँग जोडिएका सीमानाका ४ दिनका लागि बन्द हुने जनाएको हो।
जेठ १७ गते भारत, उत्तराखण्डको चम्पावत विधान सभा क्षेत्रनम्बर ५५ को उपनिर्वाचनका हुने भएकाले सीमा बन्द गरिन लागेको बताइएको छ। गड्डाचौकी लगायतका नाका आगामी जेठ १४ गते बेलुकी ५ बजे देखि १७ गते ५ बजेसम्म बन्द रहने र सो अवधिमा अत्यावश्क सेवाका लागि भने अनुमति दिइने जनाइएको छ।

 

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.