web analytics

काङ्ग्रेसमय बन्यो पुनर्वास,प्रमुख र उपप्रमुख  सहित ४ वटा वडामा उल्लेख्य मतका साथ  नेपाली कांग्रेस विजयी

पुनर्वास/जेठ ०९

हालै सम्पन्न स्थानीय निर्वाचन २०७९ ले पुनर्वास काँग्रेसमय बनाएको छ । प्रमुख र उपप्रमुख  सहित ४ वटा वडामा उल्लेख्य मतका साथ  नेपाली कांग्रेस विजयी भएको छ । नेपाली काँग्रेसबाट नगर प्रमुखमा ताेय प्रसाद शर्मा र उपप्रमुखमा भुलिया कुमारी रानाले आफ्ना प्रतिस्पर्धीहरुलाई भारी मतान्तर पराजित गर्दै विजयी भएका छ्न ।

नेपाली काँग्रेस बाट नगरप्रमुख पदका उमेदवार ताेया प्रसाद शर्माले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उमेदवार पदम बहादुर पुजारालाई ५,३३२ मतकाे फराकिलाे मतान्तरले हराउँदै बिजयी भएका छन । ताेया प्रसाद शर्माले १०,००६ मत प्राप्त गरेका छन भने एमालेका पदम पुजाराले ४,६७४ मत ल्याएका थिए । त्यसैगरी नेकपा एकिकृत समाजवादीका उमेदवार जीवनराज थापाले ३,७३४ मत पाएका थिए ।

उपप्रमुखमा नेपाली काँग्रेसका उमेदवार भुलिया कुमारी रानाले निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रबाट उम्मेदवार रहेका धाेखे रानालाई पराजित गर्दै नेपाली काँग्रेसकी भुलिया कुमारी राना विजयी भएकी छिन । भुलियाले ७,३४५ मत प्राप्त गरिन भने धाेखेले ५,४९२ मत मात्र प्राप्त गरेका छन । त्यसैगरी एमालेका सुशीला खत्रीले ५,४०३ मत प्राप्त गरेकी छिन ।

पुनर्वास नगरपालिकामा ३४,०३६ मतदाता रहेकाेमा २३,६०५ मत खसेकाे थियाे भने ६२२ मत पूर्ण रुपमा बदर भएका थिए ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.