स्टारबक्स–बीभीएपीपीद्वारा जनकल्याण माविका विद्यार्थीलाई विद्यालय पोसाक वितरण
कञ्चनपुर/२५ जेठ ।
स्मार्ट भेन्डिङ प्रविधि नेटवर्किङ व्यापार क्षेत्रमा कार्यरत स्टारबक्स–बीभीएपीपी (StarBox-BVAPP) ले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत कञ्चनपुरको पुनर्वास नगरपालिका–३ स्थित जनकल्याण माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई विद्यालय पोसाक वितरण गरेको छ।
कम्पनीले विद्यालयमा अध्ययनरत कक्षा १ देखि ५ सम्मका ४५ जना विद्यार्थीलाई विद्यालय ड्रेस प्रदान गरेको हो। आर्थिक रूपमा कमजोर तथा आवश्यकतामा रहेका विद्यार्थीहरूको शैक्षिक यात्रामा सहयोग पुर्याउने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गरिएको कम्पनीले जनाएको छ।
विद्यालय परिसरमा आयोजित कार्यक्रममा विद्यार्थीहरूलाई पोसाक हस्तान्तरण गरिएको थियो। ड्रेस प्राप्त गरेपछि विद्यार्थी तथा अभिभावकहरूले कम्पनीप्रति आभार व्यक्त गरेका थिए।
सुदूरपश्चिम प्रदेशका वरिष्ठ बिक्री प्रवर्द्धक नारायणदत्त पौडेलका अनुसार कम्पनीले व्यवसायिक गतिविधिसँगै समाजसेवालाई पनि प्राथमिकतामा राख्दै विभिन्न सामाजिक कार्यक्रम सञ्चालन गर्दै आएको छ। उनले शिक्षा क्षेत्रमा सहयोग पुर्याउने उद्देश्यले विद्यालय ड्रेस वितरण गरिएको र आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने बताए।
स्थानीय शिक्षक तथा अभिभावकहरूले निजी क्षेत्रबाट गरिएको यस्तो सहयोगले विद्यार्थीहरूलाई थप उत्साहित बनाउने र शिक्षामा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेका छन्।
स्टारबक्स–बीभीएपीपीले स्मार्ट भेन्डिङ मेसिन मार्फत आधुनिक खुद्रा व्यापार प्रवर्द्धन नेटवर्किङ मार्फत गर्दै आएको छ भने सामाजिक उत्तरदायित्वअन्तर्गत शिक्षा, समुदाय विकास तथा जनहितका कार्यक्रमहरूमा समेत सक्रिय सहभागिता जनाउँदै आएको जनाएको छ।


Comments are closed.