web analytics

कांग्रेसमा विभाजन, महामन्त्रीद्वय गगन–विश्व साधारण सदस्यबाटै निलम्बित

काठमाडौं/ ३० पुस ।
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले पार्टी महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मामाथि कडा कारबाही गर्ने निर्णय गरेको छ। पार्टी कार्यालय सानेपामा बसेको बैठकले पार्टी नीति र विधान विपरीत गतिविधि गरेको ठहर गर्दै उनीहरूलाई साधारण सदस्यसमेत नरहने गरी निलम्बन गर्ने निर्णय गरेको हो।
सहमहामन्त्री मीन विश्वकर्माका अनुसार बैठकले सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई पनि अनुशासनहीनताको आरोपमा कारबाही गरेको छ। यी निर्णयसँगै नेपाली कांग्रेस औपचारिक रूपमा विभाजनको अवस्थामा पुगेको जनाइएको छ।
बैठकले पार्टी विधानअनुसार अनुशासन उल्लंघन गर्नेहरूमाथि कारबाही गरिएको स्पष्ट पार्दै अन्य असन्तुष्ट नेता–कार्यकर्ताहरूलाई पार्टीमा फिर्ता आउन आह्वानसमेत गरेको छ। पार्टी एकतालाई प्राथमिकतामा राख्दै संगठन सुदृढीकरणका लागि पहल जारी रहने पनि बैठकको निष्कर्ष रहेको सहमहामन्त्री विश्वकर्माले जानकारी दिए।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.