web analytics

रसुवा–भोटेकोशी उद्धार तथा राहतका लागि OWG द्वारा सरकारलाई २ लाख २६ हजार सहयोग

काठमाडौं । रसुवा–भोटेकोशी क्षेत्रमा विपद्पछि जारी उद्धार तथा राहत कार्यका लागि Organic World Group Pvt. Ltd. (OWG) ले नेपाल सरकारलाई रु. २ लाख २६ हजार ३३२ सहयोग गरेको छ।

विपद्को समयमा मानवीय सहयोग तथा सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै उक्त रकम सहयोग गरिएको OWG ले जनाएको छ।

कम्पनीका अनुसार, सहयोग रकम कुनै एक व्यक्ति वा व्यवस्थापनको व्यक्तिगत प्रयासबाट नभई देशभर रहेका OWG का डिलर, MR तथा सम्पूर्ण OWG परिवारको सामूहिक योगदानबाट संकलन गरिएको हो।

OWG का प्रबन्ध निर्देशक (MD) रोशन कुमार लो ले विपद्को समयमा व्यवसायसँगै समाजप्रतिको जिम्मेवारी निर्वाह गर्नु आवश्यक रहेको बताउनुभयो।

उहाँले रसुवा–भोटेकोशी क्षेत्रका प्रभावित नागरिकको उद्धार तथा राहतका लागि सहयोग गर्न पाउनु OWG परिवारका लागि गौरवको विषय भएको बताउनुभयो।

“विपद्को समयमा हामी व्यवसाय मात्र गरिरहेका हुँदैनौँ, समाजप्रतिको आफ्नो जिम्मेवारी पनि पूरा गर्नुपर्छ। यो रकम मेरो व्यक्तिगत प्रयास होइन; सम्पूर्ण डिलर, MR तथा OWG परिवारको एकता र सहयोगबाट सम्भव भएको हो,” लोले भन्नुभयो।

१४ वर्षदेखि नेपाली उद्योग तथा व्यापार क्षेत्रमा सक्रिय

OWG विगत १४ वर्षदेखि नेपालमा उद्योग, उत्पादन तथा व्यापारको क्षेत्रमा सक्रिय रहँदै आएको कम्पनीले जनाएको छ। स्वदेशी उत्पादन तथा व्यवसायलाई प्राथमिकता दिँदै रोजगारी, उद्यमशीलता र व्यावसायिक अवसर विस्तारमा समेत संस्था क्रियाशील रहेको बताइएको छ।

कम्पनीका अनुसार OWG को व्यवसायिक यात्रामा देशभर रहेका डिलर, MR, बजार प्रतिनिधि, ग्राहक तथा शुभेच्छुकहरूको महत्वपूर्ण योगदान रहँदै आएको छ।

यही सहकार्य र एकतालाई सामाजिक सेवामा समेत उपयोग गर्ने उद्देश्यले विपद्का बेला सहयोग गरिएको कम्पनीले जनाएको छ।

‘सानो योगदान एकीकृत हुँदा ठूलो सहयोग सम्भव’

रसुवा–भोटेकोशी उद्धार तथा राहतका लागि गरिएको सहयोगले व्यवसायसँगै सामाजिक उत्तरदायित्वप्रतिको आफ्नो प्रतिबद्धतालाई समेत प्रतिबिम्बित गरेको OWG को भनाइ छ।

कम्पनीले सानो–सानो योगदानलाई एकीकृत गर्दा विपद्को समयमा ठूलो मानवीय सहयोग सम्भव हुने जनाएको छ। देशभर रहेका आफ्ना डिलर तथा MR हरूको एकता, सद्भाव र सहयोगकै कारण अभियान सफल भएको कम्पनीले जनाएको हो।

OWG ले आगामी दिनमा पनि नेपाली उद्योग, व्यापार, उद्यमशीलता तथा सामाजिक सेवाका क्षेत्रमा आफ्नो भूमिका थप प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता जनाएको छ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
5
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.