web analytics

पुनर्वास–९ मा हात्तीको बथानद्वारा बाली नष्ट, किसान राहतको प्रतीक्षामा

कञ्चनपुर/२६ पुस ।
पुनर्वास नगरपालिका वडानम्बर ९ मा प्रवेश गरेको जंगली हात्तीको बथानले उखु, तोरी र गहुँ लगायतका बालीमा ठूलो क्षति पुर्‍याएको छ। अचानक खेतबारीमा पसेको हात्तीको बथानले किसानले लगाएको बाली नष्ट गरेपछि स्थानीय किसान चिन्तित बनेका छन्।
बालीमा भएको क्षतिको अनुगमन गर्न कुन्डा वन क्षेत्रको टोली, पुनर्बास नगरपालिका वडा नम्बर ९ का जनप्रतिनिधि, प्रहरी तथा प्रभावित किसानहरूको संयुक्त सहभागितामा सनिवार  स्थलगत निरीक्षण गरिएको छ। अनुगमनका क्रममा हात्तीको बथानले विभिन्न स्थानमा किसानका खेतबारीमा क्षति पुर्‍याएको पुष्टि भएको छ।
स्थानीय किसानहरूले जंगली जनावरबाट बारम्बार हुँदै आएको क्षतिप्रति ध्यानाकर्षण गराउँदै तत्काल राहत तथा दीर्घकालीन समाधानको माग गरेका छन्। अनुगमन टोलीले क्षतिको विवरण संकलन गरी आवश्यक प्रक्रिया अगाडि बढाइने जनाएको छ।
हाल प्रभावित किसानहरू क्षतिको राहत पाउने आशामा प्रतीक्षामा रहेका छन्।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.