web analytics

नेपाली मूलका प्रथम ईन्डियन आईडल प्रशान्त तामाङको निधन

काठमाडौँ/२७ पुस ।
नेपाली मूलका गायक तथा अभिनेता प्रशान्त तामाङको हृदयघातका कारण निधन भएको छ। उनको आइतबार दिल्लीस्थित निवासमा निधन भएको हो। उनी पछिल्लो समय दिल्लीमै बस्दै आएका थिए।
नेपाली मूलका  गायक तामाङ भारतीय टेलिभिजन रियालिटी शो Indian Idol Season 3 का विजेता हुन्। सन् २००७ मा उक्त प्रतियोगिता जित्दै उनी नेपाली मूलका पहिलो ‘Indian Idol’ विजेता बनेका थिए, जसले नेपालसहित विश्वभर रहेका नेपाली समुदायलाई गौरवान्वित बनाएको थियो।
भारतको दार्जिलिङमा जन्मिएका तामाङले पारिवारिक जिम्मेवारीका कारण पढाइ छोडेर कोलकाता प्रहरीमा सेवा सुरु गरेका थिए। प्रहरी सेवामै रहँदा संगीतप्रतिको रुचिलाई निरन्तरता दिँदै उनी Indian Idol को मञ्चसम्म पुगेका थिए।
Indian Idol जितेपछि उनले ‘धन्यवाद’ एल्बम सार्वजनिक गरेका थिए भने नेपाली चलचित्र ‘गोरखा पल्टन’ सहित केही फिल्ममा अभिनय र गायन गरेका थिए।
उनको निधनले नेपाली तथा भारतीय संगीत–मनोरञ्जन क्षेत्रमा शोक छाएको छ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.