web analytics

“कञ्चनपुर १ को विकासलाई पूर्णता दिन प्रतिबद्ध छु”-पूर्व मन्त्री बिना मगर

कञ्चनपुर/२७ पुस ।
पूर्व खानेपानी मन्त्री तथा नेकपा नेतृ बिना मगरले कञ्चनपुर निर्वाचन क्षेत्र नं. १ को विकास र समृद्धिको खाका आफ्नो कार्यकालमै सुरु भएको बताउँदै त्यसलाई पूर्णता दिन प्रतिबद्ध रहेको बताउनुभएको छ।
बेलौरीको खुला मञ्चमा आयोजित ‘माघ म्याला २०८२’ को शनिबार उद्घाटन गर्दै उहाँले आफ्नो पाँच वर्षे कार्यकालमा खानेपानी र ढल निकास क्षेत्रमा ऐतिहासिक काम भएको उल्लेख गर्नुभयो। बेलौरी र पुनर्वासको मुख्य बजार क्षेत्रमा वर्षायाममा हुने डुबान र हिलो समस्या समाधानका लागि आधुनिक ढल निकास आयोजना ल्याइएको उहाँको भनाइ छ।
बेलौरीका विभिन्न वडामा खानेपानी आयोजना सम्पन्न भइसकेको र थप वडामा बजेट विनियोजन गरी काम अघि बढाइएको जानकारी दिँदै मगरले शिक्षा, स्वास्थ्य र पूर्वाधार क्षेत्रमा पनि उल्लेख्य प्रगति भएको दावी गर्नुभयो।
थारु समुदायको पर्व माघीको शुभकामना व्यक्त गर्दै उहाँले थारु समुदायको पहिचान र अधिकारका लागि माओवादी आन्दोलनको भूमिका स्मरण गराउनुभयो। साथै सक्षम नेतृत्व चयन गर्न आग्रह गर्दै राष्ट्रिय स्वाधीनता र संविधान रक्षाका लागि सचेत नेतृत्व आवश्यक रहेकोमा जोड दिनुभयो।
‘राष्ट्रिय एकता व विविधता हमार शान, थारू भाषा, संस्कृति बचैना हमार अभियान’ नारासहित सुरु भएको मेला पुस २९ गतेसम्म चल्नेछ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.