web analytics

अत्यधिक जाडोका कारण पुनर्वास नगरपालिकामा विद्यालयमा थप ३ दिन विदा

 

कञ्चनपुर/२२ पुस ।
अत्यधिक चिसोका कारण विद्यार्थीहरूको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने भन्दै पुनर्वास नगरपालिकाले नगरभित्रका सम्पूर्ण विद्यालयमा थप ३ दिन जाडो विदा दिएको छ।
पुनर्वास नगरपालिका नगर कार्यपालिकाको कार्यालयले मंगलबार एक सूचना जारी गर्दै हाल बढ्दो चिसोका कारण विद्यार्थीहरू प्रभावित हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै पुस २३ गतेदेखि पुस २५ गतेसम्म थप ३ दिन विद्यालय बन्द रहने निर्णय गरिएको जनाएको छ।
यसअघि पनि नगरपालिकाले अत्यधिक जाडोका कारण पुस २१ र २२ गते नगरभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयमा विदा दिएको थियो। मौसमको अवस्था अझै सुधार नआएकाले विद्यार्थीहरूको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै विदा थप गरिएको नगरपालिकाले जनाएको छ।
नगरपालिकाका अनुसार उक्त निर्णय पुनर्वास नगरपालिका अन्तर्गत सञ्चालित सबै विद्यालयहरूमा लागू हुने छ। नगरपालिकाले अभिभावक तथा विद्यालय प्रशासनलाई आवश्यक सतर्कता अपनाउन समेत आग्रह गरेको छ।
सूचनामा निमित्त प्रमुख प्रशासकीय अधिकृत धौलराम सार्कीको हस्ताक्षर रहेको छ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.