पुनर्वासमा ‘गाउँले’ संस्थाद्वारा ३५ थान कम्बल वितरण
कञ्चनपुर, १८ पुस ।
सेवा नै धर्म हो भन्ने मूल मन्त्रका साथ विदेशमा अध्ययनरत नेपाली विद्यार्थीहरूद्वारा स्थापित ‘गाउँले’ संस्था ले पुनर्वास नगरपालिका–०७ मा न्यानो कम्बल वितरण कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ।
बढ्दो शीतलहरलाई मध्यनजर गर्दै संस्थाले दुई चरणमा कम्बल वितरण गरेको हो। पहिलो चरणमा पुस १२ गते २७ थान र दोस्रो चरणमा पुस १७ गते ८ थान गरी जम्मा ३५ थान न्यानो कम्बल गरिब, असहाय तथा अपाङ्गता भएका दाजुभाइ तथा दिदीबहिनीहरूलाई वितरण गरिएको संस्थाले जनाएको छ।
राहत कार्यक्रमसँगै ‘गाउँले’ संस्थाले सामाजिक उत्तरदायित्वलाई थप सुदृढ गर्दै आर्थिक अभावका कारण पढाइबाट वञ्चित हुन सक्ने जेहेन्दार विद्यार्थीहरूलाई +२ तहसम्म छात्रवृत्ति प्रदान गर्ने निर्णय समेत गरेको छ।
कार्यक्रम सफल बनाउन आर्थिक तथा नैतिक सहयोग पुर्याउने सहयोगीहरूमा सुमी थापा, प्रबिन तामाङ, समित तामाङ, सञ्जय तामाङ, करन तामाङ, जिङ सरकार र अग्रिम तामाङ रहेका छन्।
त्यसैगरी, कार्यक्रममा उपस्थित भई कम्बल हस्तान्तरणमा सहयोग गर्नु हुने सिद्धार्थ युवा क्लबका पूर्व अध्यक्ष श्री जितराज तामाङ तथा संस्थाका सदस्य एवं ब्रिटिश लाहुरे श्री अग्रिम तामाङ प्रति संस्थाले विशेष धन्यवाद व्यक्त गरेको छ।
२०८२ सालदेखि गाउँको विकासमा क्रियाशील ‘गाउँले’ संस्थाले यसअघि पनि क्यान्सर पीडितलाई सहयोग, खेलकुद क्षेत्रको प्रवर्द्धन लगायतका सामाजिक कार्यहरू गर्दै आएको छ। संस्थाले आगामी दिनमा पनि शिक्षा, स्वास्थ्य तथा सामाजिक सेवाका क्षेत्रमा निरन्तर योगदान गर्ने प्रतिबद्धता जनाएको छ।तस्वीरहरु…



Comments are closed.