कक्षा १२ को नतिजा प्रकाशन, यसरी हेर्न सकिन्छ नतिजा
काठमाडौ /राष्ट्रिय परीक्षा बोर्ड भक्तपुरले कक्षा १२ को परीक्षाफल शुक्रबार अपरान्हन प्रकाशित गरेको छ ।
गत जेठ १६ देखि २५ गतेसम्म लिइएको परीक्षाको परीक्षाफल बोर्डले केही बेरअघि सार्वजनिक गरेको हो।
बोर्डले ग्रेडिङ पद्धति २०७८ अनुसार नतिजा निकालेको हो।
बोर्डका अनुसार हरेक विषयमा सैद्धान्तिकतर्फ कम्तिमा ३५ प्रतिशत अंक नआएमा ग्रेड सिटमा नन ग्रेडिङ लेखिने भएको छ।
यसरी हेर्न सकिन्छ परीक्षाको नतिजा
कक्षा १२ को नतिजा सजिलैसँग प्राप्त गर्नको लागि लेन्डलाइन र मोबाइल बाट १६०१ डायल गरी निर्देशन अनुसार सम्बोल नम्बर थिच्नुहोस् वा एसएमएस बाट NEB टाइप गरी १६०१ मा पठाउनुहोस् । https://neb.ntc.net.np/ बाट पनि नतिजा हेर्न सकिन्छ ।



Comments are closed.