कञ्चनपुर क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यका लागि दिवान सिह बिष्ट सिफारिश
कञ्चनपुर/ कञ्चनपुर क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यका लागि दिवान सिह बिष्ट सिफारिश गरिएका छन् । काँग्रेसको प्रदेश समितिले संविधान सभा सदस्य विष्टलाई प्रतिनिधि सभा सदस्य उम्मेदवारका लागि एकल रुपमा सिफारिश गरेको हो ।
बिष्ट यस अघि २०७४ को निर्वाचनमा पराजित भएका थिए । क्षेत्रीय समितिले निर्णय गरी विष्टको नाम जिल्लामा पठाउने तयारी गरेको छ ।
प्रदेश समितिबाट सर्वसम्मत रुपमा विष्टको नाम सिफारिस भएर आएको निर्वाचन क्षेत्र नम्बर १ का सभापति गोपी उपाध्यायले जानकारी दिए ।
२०७०को निर्वाचनमा दिवानसिंहले बीना मगरलाई हराएका थिए भने २०७४ को निर्वाचनमा बीना मगरले दिवानसिंहलाई हराएका थिए । सत्तारुढ गठबन्धनमा चुनावी तालमेल भएपछि कञ्चनपुरका तीन निर्वाचन क्षेत्रमध्ये एक सीट माओवादी केन्द्रलाई पर्नेछ । त्यसमा निर्वाचन क्षेत्र नं. १ साँसद मगरका लागि छाड्नु पर्ने काँग्रेस नेताहरु बताउँछन् ।


Comments are closed.