web analytics

टिकटक बनाउँदा भीरबाट खसेर युवकको मृत्यु

दाङ/ तुलसीपुरमा टिकटक बनाउने क्रममा भीरबाट खसेर एक जना युवकको मृत्यु भएको छ।
शनिबार राति साढे ८ बजे तुलसीपुर उपमहानगरपालिका-३ साततलेस्थित सडक छेउको भीरबाट खसेर एक युवकको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक (डिएसपी) पुष्पराज मल्लले जानकारी दिए।
उनी तुलसीपुर-७ भुँयारथान बस्ने ३४ वर्षीय नवीन केसी हुन्।
शनिबार उनी एक जना साथीसँग वडा नम्बर ३मा पर्ने हरनेतीमा घुम्न गएका थिए। रा ५ प ७२६८ नम्बरको बुलेट बाइकमा नवीन र उनका ३० वर्षीय साथी भीम विक घुम्न हिँडेका थिए।
उनीहरू घुमेर राति फर्किँदै गर्दा साततलेस्थित बाटोमा जाम भएको थियो।
जाम भएपछि उनीहरू बाइक रोकेर बसेका थिए। प्रहरीका अनुसार भीम विक मोटरसाइकलमै बसेका थिए।
नवीन केसी मोटरसाइकलबाट ओर्लिएर सडकछेउको डिलमा उभिएर टिकटक बनाउन लागेका थिए। घुम्न गएका केसीले मापसे पनि गरेको प्रहरीले जनाएको छ। त्यसैबेला भीरबाट खसेर घटनास्थलमै मृत्यु भएको डिएसपी मल्लले बताए। मल्लका अनुसार उनी ८० मिटर तल खसेका थिए।
राति नै उनको शव पोष्टमर्टमको लागि अस्पताल लगिएको थियो। अहिले शव परिवारलाई बुझाइसकेको प्रहरीले जनाएको छ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.