web analytics

पुनर्वासमा चट्याङमा परि दुईको मृत्यु, एक घाईते

कञ्चनपुर/१४ असार ।
पुनर्वासमा चट्याङ्गमा परि दुई जनाको मृत्यु भएको छ । आज बिहान ७.३० बजेतिर पानीसंगै परेको चट्याङमा परी निजहरूको मृत्यु भएको हो । खेतमा रोपाइँ गरीरहेको अवस्थामा चट्याङ पर्दा मृत्यु भएको प्रत्यक्षदर्शीहरुले बताएका छ्न । मृत्यु हुनेमा पुनर्वास ८ का २५ वर्षिय शारदा थापा र पुनर्वास ६ प्रतिभानगरका ४० वर्षिय देवेन्द्र श्रेष्ठ भएको प्रहरीले जनाएको छ । त्यसैगरी सोही चट्याङमा परि पुनर्वास ८ निवासी वर्ष ३० कि हिरा थापा सामान्य घाईते भएकी छिन ।
मृतकहरुलाई पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पताल लगिने ईलाका प्रहरी कार्यालय, त्रिभुवन बस्तिका ईञ्चार्ज नरेशराज मल्लले जानकारी गराएका छ्न । त्यसैगरी पुनर्वास ११ अमर बस्तीको एक घरमा चट्याङ पर्दा एउटा पाडो, चार बाख्रा र चार कुखुरा समेत मरेका छ्न ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
4
+1
3
+1
33
Below Article Content Ads

Comments are closed.