web analytics

पुनर्वास सबस्टेसनबाट ३३ केभी लाइन सञ्चालनको तयारी, लोभोल्टेज समस्या समाधान हुने

कञ्चनपुर, २८ जेठ
कञ्चनपुरको पुनर्वास नगरपालिका–६ मा रहेको पुनर्वास विद्युत् सबस्टेसनबाट ३३ केभी प्रसारण लाइन सञ्चालनको तयारी थालिएको छ। यससँगै लामो समयदेखि स्थानीय उपभोक्ताले भोग्दै आएको लो भोल्टेजको समस्या आंशिक रूपमा समाधान हुने अपेक्षा गरिएको छ।
नेपाल विद्युत् प्राधिकरण बेलौरी वितरण केन्द्र र सुदूरपश्चिम प्रादेशिक कार्यालय अत्तरियाको समन्वयमा फिडर तथा ट्रान्सफर्मर जडान कार्य सुरु गरिएको जनाइएको छ। एक हप्ताभित्र पुनर्वास सबस्टेसनबाट ३३ केभी लाइन प्रसारण गर्ने लक्ष्य राखिएको छ।
उक्त कार्य सम्पन्न भएपछि विद्युत् भोल्टेजमा सुधार आउनुका साथै विद्युत् आपूर्तिमा देखिने चुहावट तथा अन्य प्राविधिक समस्यामा पनि कमी आउने विश्वास गरिएको छ। यसबाट पुनर्वास क्षेत्रका घरधुरी, व्यवसाय तथा उद्योगहरू प्रत्यक्ष रूपमा लाभान्वित हुने अपेक्षा गरिएको छ।
यस महत्वपूर्ण कार्यका लागि पहल तथा समन्वय गरेको पुनर्वास उद्योग वाणिज्य संघले नेपाल विद्युत् प्राधिकरण बेलौरी वितरण केन्द्र तथा सुदूरपश्चिम प्रादेशिक कार्यालय अत्तरियाप्रति हार्दिक आभार व्यक्त गरेको छ। संघले निर्धारित समयमै कार्य सम्पन्न गरी उपभोक्तालाई गुणस्तरीय विद्युत् सेवा उपलब्ध गराउन समेत आग्रह गरेको छ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.