web analytics

पुनर्वास नगरपालिकाका सबै विद्यालयमा दुई दिन जाडो विदा

कञ्चनपुर/२० पुस ।
अत्यधिक चिसो बढेसँगै विद्यार्थीहरूको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई मध्यनजर गर्दै पुनर्वास नगरपालिकाले नगरभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयमा दुई दिन जाडो विदा दिने निर्णय गरेको छ।
पुनर्वास नगरपालिका नगर कार्यपालिकाको कार्यालयले सूचना जारी गर्दै मिति २०८२ पौष २१ र २२ गते दुई दिन विद्यालय बन्द रहने जनाएको छ। सो अवधिमा पुनर्वास नगरपालिकाअन्तर्गत सञ्चालित सम्पूर्ण विद्यालयहरूमा हिउँदे विदा मिलान गरी विदा दिइएको नगरपालिकाले स्पष्ट गरेको छ।
नगरपालिकाका अनुसार हाल बढ्दो चिसोका कारण बालबालिकाको स्वास्थ्यमा असर पर्न सक्ने सम्भावना रहेकाले सावधानीस्वरूप यो निर्णय लिइएको हो। उक्त सूचना अनुसार सम्बन्धित सबै विद्यालयहरूलाई कार्यान्वयन गर्न अनुरोध गरिएको छ।
सूचनामा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शिवराज भट्टले हस्ताक्षर गरेका छन्।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.