१९औ धान दिवस विविध कार्यक्रम गरि समपन्न !
असार १५
कृष्ण बहादुर बुढा
बर्दिया / बर्दियाको बाँसगढी को जनता मा बि वठुवा ले
१९औ धान दिवस विविध कार्यक्रम गरि समपन्न गरिएको
छ ।उक्त कार्यक्रमको प्रमुख अतिथि नगर प्रमुख खडक
बहादुर खडका ,विशेष अतिथी पुर्व नगर प्रमुख शालिकराम
अधिकारी ,अतिथी वडा अध्यक्ष कृष्ण बास्तोला अन्य अतिथी कृषक कृषि विधार्थी लगाएत को सहभागिता रहेको
थियो भने कार्यक्रम को सभा अध्यक्ष ज्ञानेन्द्र पौडेल रहनु भएको थियो ।
प्रमुख अतिथी अतिथी लगाएत सम्पूर्ण ले धान रोपेर
कार्यक्रम को उदघाट्न गरेका थिए ।उक्त कार्यक्रम मा
बोल्दै नगर प्रमुख खडक खडकाले भन्न भयो अब कृषि मा
आधुनिकीकरण गर्दै जानू पर्न र युवा लाई कृषि मा आक्रसण गर्दै लैजाने कुरा बताउनु भयो ।
उक्त कार्यक्रमको सहजीकरण विमल पौडेलले गर्नु भएको
थियो



Comments are closed.