web analytics

पुनर्वासमा ट्रेक्टर दुर्घटनामा परि १५ घाइते

कञ्चनपुर/ पुनर्वासमा ट्रेक्टर दुर्घटनामा परि १५ घाइते भएका छ्न । पुनर्वास ५ भानु बस्तीमा मंगलबार दिउँसो भएको सो दुर्घटनामा अधिकांस महिला र केटाकेटी घाईते भएका छ्न ।
पुनर्वास ५ मा नेपाली काङ्ग्रेसबाट विजयी भएका वडाध्यक्ष पदम रोकायाको विजय जुलुस गर्ने क्रममा सो दुर्घटना भएको हो ।
यसै बिच घाईतेहरुको स्वास्थ्य अवस्था बुझ्न पुनर्वासका नव निर्वाचित नगर प्रमुख तोयप्रसाद शर्मा धनगढीको माया मेट्रो हस्पिटलमा पुगेका छन् । नगर प्रमुख शर्माले घाइतेहरुको उपचारमा विशेष ध्यान पुर्‍याउन अस्पताल प्रशासनलाई आग्रह गर्दै घाईतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना गरेका थिए । घाउ चोटपटक लागेपनी घाईतेहरुको अवस्था सामान्य रहेको अस्पताल प्रशासनले जनाएको छ ।

 

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.