web analytics

नगरप्रमुख तोय प्रसाद शर्माद्वारा पदभार ग्रहण, सुकुम्बासी समस्या र शववाहन पहिलो प्राथमिकतामा

कञ्चनपुर, १० जेठ । पुनर्वास नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख तोयप्रसाद शर्माले मंगलबार पदभार ग्रहण गरेका छ्न ।   जिल्ला न्यायाधीश मदन बहादुर धामीबाट शपथ लिएसंगै शर्माले पदभार ग्रहण गरेका हुन ।

पदभार ग्रहण गर्दै नगरप्रमुख शर्माले सुकुम्बासी समस्या समाधान र  शव वाहनको व्यवस्थालाई पहिलो  प्राथमिकतामा राख्ने निर्णय गरेका छ्न । ।

निर्णयको पहिलो बुदामा पुनर्वास नगरपालिका भित्र रहेका भूमिहिन सुकुम्वासी, भूमिहिन दलित तथा अव्यस्थित वसोवासीको समस्या समाधान गर्न यसै आर्थिक वर्ष भित्र प्रक्रिया अगाडी बढाई समाधान गर्ने,  दोस्रो बुँदामा पुनर्वास नगरपालिकामा हालसम्म एउटा पनि शव वाहन नभएकाले यथासक्य शव वाहनको व्यवस्था मिलाई सञ्चालन गरिने उल्लेख गरिएको छ ।

नगर प्रमुख शर्माले पदभार ग्रहण पछि सभाहलमा नगरपालिका अन्तर्गतका कर्मचारीहरुले परिचयात्मक तथा शुभकामना कार्यक्रम गरेका थिए ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.