पाँचौ बाँसगढी महोत्सव सुरु, आज कुलेन्द्र विश्वकर्मा लगायतका कलाकार आउँदै!
कृष्ण बा बुढा
फागुन १७
बर्दिया /वाइवाइ पाँचौ बाँसगढी औद्योगिक, कृषि, पर्यटन व्यापार मेला तथा बर्दिया महोत्सव सोमबार देखि सुरु भएको थियो। एक कार्यक्रमका बिच बिभिन्न बाजागाजा, र्यालि भेष भुषा सहित महोत्सवको समुद्घाटन गरिएको छ । “घुम्न जाऔं, बाँसगढी महोत्सव” भन्ने मुल नारा रहेको उक्त महोत्सवको बाँसगढी नगरपालिकाका नगर प्रमुख सालिकराम अधिकारीले बिधिबद रुपमा उद्घाटन गर्नु भएको छ ।
महोत्सवको उद्घाटन गर्दै नगर प्रमुख अधिकारीले स्थानीय स्तरमा उत्पादन भएका वस्तुहरुको प्रचार–प्रसारसंगै देश बाहिर निर्यात गर्नसके मात्र यस क्षेत्रको आर्थिक विकासमा टेवा पुग्ने बताउनु भएको छ । नगर प्रमुख ले बोल्दै महोत्सव मनोरञ्जनका लागि मात्र नभई पर्यटन, कृषि तथा ब्यापारको विकास र प्रवद्र्धनका लागि हुनु पर्ने भन्दै उहाँले यस क्षेत्रको काँचुली फेर्नका लागि जिल्लामा सम्भावित साधन श्रोतको पहिचान गर्न सक्नु पर्ने जनाउनु भएको छ ।
त्यस्तै बिशेष अथितिको आसनवाट उद्योण वाणिज्य महासंघका केन्द्रिय सदस्य चक्र बहादुर अधिकारीले महोत्सव सन्चालन गर्ने ठुलो चुनौतिलाइ सामना गर्दै महोत्सवको आयोजना गरेकोमा आयोजक कमिटिलाइ धन्याबाद ज्ञापन गर्नु भयो ।
महोत्सव मुल समिति संयोजक तथा बाँसगढी उद्योग वाणिज्य संघका अध्यक्ष रामसिंङ थारुको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा बिभिन्न राजनैतिक दलका प्रतिनिधी, सरकारी तथा गैरसरकारी संस्थाका प्रमुख तथा प्रतिनिधी, स्थानिय समाजसेबी बुद्धिजिबी लगायतको सहभागिता रहेको थियो ।
महोत्सव उद्घाटन कार्यक्रमको समापन बाँसगढी उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष बद्री बरालले गर्नुभएको थियो । बाँसगढी उद्योग बाणिज्य संघको मुख्य आयोजना र सिजि फुड्स ईन्टरप्राईजेट प्रा.लिको मुख्य प्रायोजनमा सुरु भएको हो ।
१ सय बढी स्टलहरु रहेको मेलाको १ लाख बढीले अवलोकन गर्ने र ४ करोड बढी कारोबार गरी झण्डै ८० लाख आम्दानी गर्ने लक्ष्य राखिएको महोत्सव मुल समिति संयोजक रामसिंङ थारुले जानकारी दिनुभयो ।

महोत्सवको दोस्रो दिन मंगलबार चर्चित राष्ट्रिय ख्याती प्राप्त कलाकारहरु कुलेन्द्र विश्वकर्मा, सोनु कुश्मी, सदिक्षा चौधरी, बिवश चौधरी लगायतका राष्ट्रिय तथा स्थानिय कलाकारहरुको बेजोड प्रस्तुति रहने् प्रचार प्रसार उपसमिति संयोजक एकनाराण अधिकारीले समाचार विशेष लाई जानकारी दिनुभयो ।



Comments are closed.