अब टिकटकमा १० मिनेटसम्मको भिडियो राख्न मिल्ने, युटुबलाई थप चुनौती
काठमाडौ/अहिले विश्वमै चर्चामा रहेको सामाजिक सञ्जाल टिकटकमा १० मिनेटसम्मको भिडियो राख्न मिल्ने भएको छ
टिकटकले भिडियोको अवधि १० मिनेट पुऱ्याउनका लागि काम गरिरहेको टेकक्रन्चले जनाएको छ । टिकटकले विगत ७ महिनादेखि परिवर्तनको परीक्षण गरेसँगै यो आधिकारिक लन्च आउन लागेको हो । यो भन्दा अगाडि टिकटकको भिडियो भिडियो अधिकतम ३ मिनेटको अवधिसम्म मात्रै हेर्न मिल्थ्यो । यो पनि २०२१ को जुलाईमा गरिएको परिवर्तन पछिको हो । यो भन्दा पहिले ६० सेकेन्ड र त्यो भन्दा पनि पहिले १५ सेकेन्डसम्मको भिडियो राख्न मिल्थ्यो ।
‘हामी हाम्रा समुदाय र टिकटकको अनुभवलाई थप चुस्त बनाउनका लागि सोचिरहेका छौ । गत वर्ष हामीले लामो भिडियो ल्यायौ, थप सामग्री राख्न र टिकटकबाट आनन्द लिनका लागि यसो गरिएको हो,’ टिकटकका प्रवक्ताले बताए । आज १० मिनेटसम्मको भिडियो राख्ने व्यवस्था गर्न पाउदा आफूहरुलाई खुसी लागेको उनले बताए । यो घोषणाले प्रतिस्पर्धी भिडियो शेयरीङ्ग वेबसाइट युटुबलाई थप चुनौती बढेको छ । जसले २०२१ को आम्दानीमा २८.८ अर्ब घाटा खाएको थियो ।


Comments are closed.