पुनर्वास २ मा नेकपा (माओवादी केन्द्र)को वडा भेला सम्पन्न, नेताहरुलाई सम्मान
-हेमन्त प्रकाश बुढा
कञ्चनपुर, ७ मङ्सिर ।
कञ्चनपुरमा माओवादीको उदगम थलो मानिने पुनर्वास नगरपालिका २ मा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को वडा सम्मेलन सोमबार सम्पन्न भएको छ । वडा सम्मेलनले दिल्ली सार्कीको अध्यक्षतामा २९ सदस्यीय वडा कमिटी गठन गरेको छ । कमिटीमा गोपाल प्रसाद रेग्मी उपाध्यक्ष , सिङ्गलाल घिसिङ सचिव,सहसचिव आईतराम तामाङ र कोषाध्यक्ष लक्ष्मी सार्की रहने गरी २९ सदस्यीय वडा कमिटी गठन गरेको हो।
कार्यक्रममा
नेकपा (माओवादी केन्द्र) कञ्चनपुर जिल्लाका संस्थापक नेता तिलकमान लो लगायत पुराना नेताहरु दहलमान ग्लान तामाङ, भुपालमान लो, कल्याने सार्की र दुधमान पाख्रिनलाई सम्मान गरिएको थियो।
†
सो कार्यक्रममा कलाकारहरुले जनवादी गीत गाएर कार्यक्रमलाई सङ्गितमय बनाएका थिए ।


Comments are closed.