web analytics

कैलालीमा एक युवामाथि खुकुरी प्रहार,तीन पक्राउ

धनगढी। कैलालीको लम्कीचुहा नगरपालिकामा खुकुरी प्रहारबाट एक युवक घाइते भएका छन्। आइतबार राति खुकुरी प्रहारबाट लम्कीचुहा-१ खुन्टीखेतका स्थानीय दिनेश नेपाली घाइते भएका हुन्।
बिहेमा नाचगान गरिरहेका बेला उनको कोखामा एक समूहले खुकुरी प्रहार गरेको आफन्तले बताएका छन्। घाइते नेपालीलाई उपचारका लागि कोहलपुर मेडिकल कलेजमा लगिएको आफन्तले जानकारी दिएका छन्।
खुकुरी प्रहार गर्ने समूहका ३ जनालाई प्रहरीले पक्राउ गरिसकेको इलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ।
अन्य फरारको खोजी भइरहेको प्रहरीले जनाएको छ। प्रहरीले पक्राउ परेकाहरुको विवरण भने सार्वजनिक गरेको छैन।
गत २३ कात्तिक २३ मा सोही ठाउँका २३ वर्षीय भूपेन्द्र बडुवालको खुकुरी प्रहार गरी हत्या भएको थियो।
बडुवालको हत्या आरोपमा प्रहरीले ९ जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ। बाँकी ६ जना भने अझै फरार छन्।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.