कक्षा १२ को नतिजा प्रकाशित, नियमिततर्फ ६९.७५ प्रतिशत उत्तीर्ण
काठमाडौ/राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल सार्वजनिक गरेको छ। परीक्षा सम्पन्न भएको ३५ दिनभित्रै नतिजा प्रकाशित गरिएको बोर्डले जनाएको छ। यस वर्ष नियमिततर्फ ६९.७५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्।
यस वर्ष कक्षा १२ को परीक्षामा देशभरबाट ४ लाख १८ हजार ८ जना विद्यार्थी सहभागी भएका थिए। तीमध्ये नियमिततर्फ ३ लाख ३२ हजार १७८ जना विद्यार्थी ५ हजार ३३९ विद्यालयबाट सहभागी भएका थिए। परीक्षार्थीमध्ये १ लाख ७२ हजार १२ जना छात्र, १ लाख ६० हजार १३७ जना छात्रा तथा २९० जना अन्य रहेका थिए। परीक्षा गत वैशाख १४ गतेदेखि २७ गतेसम्म सञ्चालन गरिएको थियो।
विद्यार्थीहरूले राष्ट्रिय परीक्षा बोर्डको आधिकारिक वेबसाइट result.neb.gov.np मा गई आफ्नो सिम्बोल नम्बर र जन्ममिति प्रविष्ट गरेर नतिजा हेर्न सक्नेछन्।


Comments are closed.