web analytics

जनकल्याण माविमा एक वर्षे निःशुल्क इन्टरनेट सेवा जडान

कञ्चनपुर/४ असार ।
नेपाल दूरसञ्चार प्राधिकरणले पुनर्वास नगरपालिका–३ स्थित जनकल्याण माध्यमिक विद्यालयमा एक वर्षे निःशुल्क इन्टरनेट सेवा जडान गरेको छ।
विद्यालयमा आयोजित कार्यक्रमका बीच नेपाल दूरसञ्चार प्राधिकरणका कार्यालय महेन्द्रनगरका प्रमुख प्रकाशराज भट्टले वाईफाई राउटर तथा अन्य आवश्यक सामग्री विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई हस्तान्तरण गर्नुभयो।
कार्यक्रममा प्राविधिक अधिकृत ललित बहादुर चन्द, बेलौरी शाखा प्रमुख युवराज जोशी, जडान प्राविधिक इन्दल राना र प्रेम चौधरी को उपस्थिति रहेको थियो।
त्यसैगरी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोलम तामाङ तथा प्रधानाध्यापक विनोद कुमार केसी लगायतको सहभागिता रहेको थियो।
कार्यक्रममा बोल्दै प्रधानाध्यापक विनोद कुमार केसीले विद्यालयलाई इन्टरनेट सेवा उपलब्ध गराएकोमा नेपाल दूरसञ्चार प्राधिकरणप्रति धन्यवाद व्यक्त गर्नुभयो। उहाँले आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा रहेको बताउँदै इन्टरनेट सेवाले विद्यार्थीहरूको अध्ययन–अध्यापनमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो।
नेपाल दूरसञ्चार प्राधिकरणका कार्यालय महेन्द्रनगरका प्रमुख प्रकाशराज भट्टले
विद्यालयमा जडान गरिएको निःशुल्क इन्टरनेट सेवाले डिजिटल शिक्षाको पहुँच विस्तार हुनुका साथै विद्यार्थीहरूलाई आधुनिक प्रविधिमैत्री शिक्षामा थप सहजता पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.