पुनर्वासमा मतदानस्थलमा खटिएका प्रहरीको मृत्यु
कञ्चनपुर/१९ फागुन ।
पुनर्वासमा मतदानस्थलमा खटिएका एक प्रहरीको मृत्यु भएको छ ।
पुनर्वास नगरपालिका–९ स्थित जीवनशक्ति आधारभूत मतदानस्थलमा कार्यरत ३५ वर्षीय निर्वाचन प्रहरी मानसिंह राना सोमबार राति खाना पकाउने क्रममा अचानक बेहोस भएका थिए। बेहोस भएपछि उनलाई तत्काल धनगढीस्थित निसर्ग अस्पताल पुर्याइएको थियो। तर उपचारकै क्रममा उनको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता हेमबहादुर शाहीका अनुसार राना उच्च रक्तचाप तथा मधुमेहका बिरामी रहेका थिए।


Comments are closed.