रामेछाप दुर्घटना: मतदान अधिकृत र असईको ज्यान गयो
काठमाडौं/ रामेछापमा सोमबार भएको सवारी दुर्घटनामा एक मतदान अधिकृत र एक प्रहरी असईको मृत्यु भएको छ। ज्यान गुमाउनेमा असई पर्शुराम यादव र मतदान अधिकृत डोरप्रसाद घिमिरे रहेका छन्।
निर्वाचन सामग्री बोकेको कर्मचारी तथा प्रहरी सवार गाडी रामेछाप नगरपालिका-२ देउरालीमा दुर्घटनामा परेको हो।
दुर्घटनामा घाइते भएका सात जनालाई नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौं ल्याएर उपचार भइरहेको छ। घाइते हुनेमा शिक्षक भीमबहादुर मानन्धर, कृष्णप्रसाद घिमिरे, चालक सम्बरबहादुर मानन्धर, दुर्गा कार्की, सविना खड्का, केदारकुमार रोका र पुजादेवी सुनुवार रहेका छन्।
यसैबीच, गाडीबाट हाम फालेका तीन जना भने सकुशल रहेको जनाइएको छ।


Comments are closed.