web analytics

पुनर्वासमा लो भोल्टेज समस्या समाधानका लागि वैकल्पिक व्यवस्था गरिने

कञ्चनपुर/५ फागुन ।
पुनर्वासमा लो भोल्टेज समस्या समाधानका लागि वैकल्पिक व्यवस्था गरिने भएको छ । पुनर्वासमा गर्मीयाम सुरु भएसँगै विगतमा झै यो वर्ष पनि लो भोल्टेजको समस्या दोहोरिन सक्ने भएकाले सो समस्या समाधानका लागी नेपाल विद्युत प्राधिकरण अन्तर्गत बेलौरी वितरण केन्द्रका कार्यालय प्रमुख हिक्मत बहादुर बिसीले पुनर्वासमा निर्माणाधीन विद्युत सब–स्टेशनको स्थलगत निरीक्षण गरेका छन्।
निरीक्षणका क्रममा रि–टेन्डर प्रक्रियामा रहेको सब–स्टेशनका उपकरण जडान नहुन्जेलसम्म वैकल्पिक उपाय अपनाइने जानकारी दिइएको छ। अन्य सब–स्टेशनमा रहेका फिडर तथा ट्रान्सफर्मर ल्याई अस्थायी रूपमा जडान गरी पुनर्वास सब–स्टेशनबाट ३३ केभिए प्रसारण लाइनमार्फत विद्युत् वितरण गर्ने प्रक्रिया अगाडि बढाइएको पुनर्वास उद्याेग वाणिज्य संघका अध्यक्ष राजकुमार रायमाझीले हाम्रै साझा पत्रिकालाई जानकारी गराउनुभयो । यस व्यवस्थाले पुनर्वास नगर क्षेत्रको लो भोल्टेज समस्या न्यूनीकरण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
त्यसैगरी रि–टेन्डर प्रक्रियामा रहेका उपकरणहरूको खरिद कार्य शीघ्र सम्पन्न गरी स्थायी रूपमा जडान गरेर दीर्घकालीन सञ्चालनको तयारीसमेत अघि बढाइएको कार्यालय प्रमुखले जानकारी दिएका छन्। आगामी फागुन महिनाभित्रै नयाँ निर्माण सम्पन्न सब–स्टेशन भवनबाट काउन्टरसहित कार्यालय सञ्चालन गर्ने लक्ष्यसमेत राखिएको छ।
विद्युत् समस्या क्रमिक रूपमा सुधार गर्ने प्रतिबद्धता व्यक्त गरेकोमा बेलौरी वितरण केन्द्रका प्रमुखप्रति पुनर्वास उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार रायमाझीले धन्यवाद ज्ञापन गर्दै आफुहरु पुनर्वासको बिजुलीको समस्या समाधानमा विगत देखि लागीरहेको र भविष्यमा समेत लागीरहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.