web analytics

पुनर्वासमा छैठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

कञ्चनपुर/१८ माघ ।
“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नाराका साथ छैठौँ संस्करणको स्थानीय तह स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८२ आजदेखि पुनर्वास नगरपालिका–६ स्थित जीवनज्योती माध्यमिक विद्यालयमा सुरु भएको छ।
आज सम्पन्न उद्घाटन समारोहमा पुनर्वास–६ का वडाध्यक्ष मित्रसिंह लामा सभापति रहनुभएको थियो भने पुनर्वास नगरपालिकाका प्रमुख तोय प्रसाद शर्मा प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको थियो।
कार्यक्रममा बोल्दै पूर्व नगरप्रमुखले खेलकुदले पढाइ बिगार्दैन, बरु शैक्षिक, मानसिक तथा शारीरिक विकासमा सहयोग पुर्‍याउने बताउनुभयो। उहाँले विद्यार्थीको सर्वाङ्गीण विकासका लागि खेलकुद अपरिहार्य रहेको धारणा व्यक्त गर्नुभयो।
नगरप्रमुख तथा प्रमुख अतिथि तोय प्रसाद शर्माले खेलकुद कार्यक्रम सफल बनाउन सबैको सामूहिक सहयोग आवश्यक हुने उल्लेख गर्दै, आयोजक विद्यालयले मात्रै जिम्मा लिनुपर्ने सोच उपयुक्त नभएको बताउनुभयो।
त्यस्तै, कार्यक्रमका सभापति तथा वडाध्यक्ष मित्रसिंह लामाले खेलकुदले अनुशासन सिकाउने, सहकार्यको भावना विकास गर्ने र जीवनोपयोगी सीप सिक्न मद्दत पुर्‍याउने भएकाले खेलकुद अपरिहार्य रहेको बताउनुभयो।
आयोजक विद्यालयका प्रधानाध्यापक भरतकुमार बस्नेतका अनुसार प्रतियोगितामा पुनर्वास नगरपालिका भित्रका सामुदायिक तथा संस्थागत गरी २० वटा विद्यालयको सहभागिता रहनेछ। प्रतियोगिता २०८२ माघ १८ गतेदेखि २० गतेसम्म सञ्चालन हुनेछ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.