web analytics

कविवर गणेशदत्त न्यौपाने र साहित्यकार महेन्द्रबहादुर बस्नेतको स्मृतिमा स्मृति ग्रन्थ प्रकाशन गरिने

कविवर गणेशदत्त न्यौपाने र साहित्यकार महेन्द्रबहादुर बस्नेतको स्मृतिमा स्मृति ग्रन्थ प्रकाशन गरिन
कञ्चनपुर, साउन १०

पुनर्वास नगरपालिका–६, टाउन बजारस्थित नवज्योति सामुदायिक पुस्तकालयले कविवर गणेशदत्त न्यौपाने ‘कौडिण्य’ तथा साहित्यकार महेन्द्रबहादुर बस्नेतको स्मृतिमा स्मृति ग्रन्थ प्रकाशन गर्ने निर्णय गरेको छ।
आइतबार पुस्तकालयका अध्यक्ष रामचन्द्र नेपालको अध्यक्षतामा बसेको बैठकले गत वर्ष दिवंगत भएका पुस्तकालयका संस्थापक सदस्य, नवज्योति द्वैमासिकका सम्पादक तथा साहित्यकार महेन्द्रबहादुर बस्नेत र हालै दिवंगत भएका पुस्तकालयका संस्थापक सदस्य तथा कविवर गणेशदत्त न्यौपाने ‘कौडिण्य’को सम्मानमा स्मृति ग्रन्थ प्रकाशन गर्ने निर्णय गरेको हो।
बैठकले पुस्तकालयका संस्थापक सदस्य तथा सल्लाहकार कविवर दिनानाथ बरालको सम्मानमा आगामी मङ्सिरभित्र अभिनन्दन ग्रन्थ प्रकाशन गर्ने निर्णयसमेत गरेको छ।
त्यसैगरी, कविवर गणेशदत्त न्यौपाने ‘कौडिण्य’को निधनले नेपाली साहित्यिक क्षेत्रमा अपूरणीय क्षति पुगेको निष्कर्ष बैठकले निकालेको छ। उहाँको नवौँ पुण्यतिथिको अवसरमा पुस्तकालयको तर्फबाट उहाँकै निवासमा आयोजित श्रद्धाञ्जली सभामा सहयोगस्वरूप प्रदान गरिएको रु. ११ हजार रकमलाई पनि बैठकले अनुमोदन गरेको छ।
यसैबीच, पुस्तकालयका अध्यक्ष रामचन्द्र नेपाल सुदूरपश्चिम प्रज्ञा–प्रतिष्ठानको कुलपतिमा नियुक्त भएपछि उहाँले कार्यव्यस्तताका कारण आजकै मितिदेखि उपाध्यक्ष राधिका कोइरालालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिने गरी पठाएको पत्रमाथि बैठकमा छलफल गरी अनुमोदन गरिएको जनाइएको छ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.