web analytics

पुनर्वासमा २८६२ औँ सोनाम ल्होछार विविध सांस्कृतिक कार्यक्रमसहित मनाइँदै

कञ्चनपुर/४ माघ ।
तामाङ जातिको महान पर्व २८६२ औँ सोनाम ल्होछार (ता ल्हो–घोडा वर्ष) को पावन अवसरमा पुनर्वास नगरपालिका–३ आईबिआरडी स्थीत पैसठ्ठी बिगाहमा विविध सांस्कृतिक एवम् शुभकामना आदानप्रदान कार्यक्रम आयोजना हुने भएको छ।
नेपाल तामाङ घेदुङ मूल आयोजक समिति पुनर्वास, कञ्चनपुरको आयोजनामा यही माघ ५ गते कालिका युवा क्लबको खेल मैदानमा कार्यक्रम आयोजना गरिने आयोजकले जानकारी दिएको छ। कार्यक्रम बिहान १० बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन हुनेछ।
सोनाम ल्होछारको अवसरमा आयोजना हुने कार्यक्रममा तामाङ समुदायको मौलिक संस्कृति, परम्परा र पहिचान झल्किने विविध सांस्कृतिक प्रस्तुति, नाचगान तथा आदान–प्रदान कार्यक्रम समावेश गरिनेछ। कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको विशेष प्रस्तुति रहने बताइएको छ।
कार्यक्रममा लोकप्रिय गायक अरविन तामाङको मुख्य प्रस्तुति रहनेछ भने स्थानीय कलाकार सोम बहादुर तामाङले पनि सांस्कृतिक प्रस्तुति दिनेछन्।
कार्यक्रमलाई सफल बनाउन पुनर्वास नगरपालिका मुख्य प्रवर्द्धकका रूपमा रहेको छ भने हाम्रै साझा पत्रिका मिडिया पार्टनरका रूपमा जोडिएको छ।
आयोजकले सोनाम ल्होछारको अवसरमा सम्पूर्ण तामाङ समुदायसहित सर्वसाधारणलाई कार्यक्रममा उपस्थित भई पर्वलाई भव्य रूपमा सफल बनाउन आग्रह गरेको छ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.