चेन्नईमा नेपाली युवक यदु वयाडी बेपत्ता, खोजीमा सहयोगको अपिल
कञ्चनपुर,२२ पुस ।
पुनर्वास नगरपालिका वडा नम्बर ८ ‘क’ गाउँ निवासी २२ वर्षीय यदु वयाडी भारतको चेन्नई शहरमा बेपत्ता भएका छन्।
परिवारका अनुसार यदु वयाडी हिजो साँझदेखि सम्पर्कविहीन भएका हुन्। आज बिहान चेन्नईको कोयमबेडु (Koyambedu) स्थित प्रसिद्ध सब्जी बजार क्षेत्रमा उनको मोबाइल फोन भेटिएको भए पनि उनी स्वयं फेला नपरेको जनाइएको छ। मोबाइल छाडेर सम्पर्कविहीन भएपछि परिवारजन थप चिन्तित बनेका छन्।
उनी करिब १५ दिनअघि मात्र रोजगारीको सिलसिलामा चेन्नई पुगेका थिए। परिवारका सदस्यहरूका अनुसार यदुको मानसिक अवस्था पनि पछिल्लो समय राम्रो नरहेको बताइएको छ, जसका कारण उनी हराउनु अझै गम्भीर विषय बनेको छ।
हाल चेन्नई तथा कोयमबेडु आसपास रहेका नेपाली समुदाय, साथीभाइ तथा स्थानीय सहयोगीहरूलाई खोजी कार्यमा सहयोग गरिदिन परिवारले आग्रह गरेका छन्। यदु वयाडीबारे कुनै जानकारी प्राप्त भएमा तुरुन्तै निम्न सम्पर्क नम्बरहरूमा जानकारी गरिदिन अनुरोध गरिएको छ।
भारत सम्पर्क नम्बर:
📞 +91 8754407714 (कृष्ण बयाडी)
नेपाल सम्पर्क नम्बर:
📞 +977 9742378427 (निर्मला बयाडी)
📞 +91 9523178351



Comments are closed.